आज थप ५१५३ जनामा कोरोना पुष्टि, ६५७० जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर परीक्षणबाट ३ हजार ८ सय ७० र ५ हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस सँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..