एमालेको कार्यक्रममा स्वास्थ्य मापदण्ड मिचिएको भन्दै YCL र क्रान्तिकारीको ज्ञापन पत्र

नेपाल कम्यूनिष्ट पार्टी एमालेले दोलखाको विस्तारीत वैठक आज चरिकोटमा सम्पन्न भएको छ । नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलेको अध्यक्षतामा भएको वैठकले एमाले दोलखाको दशौँ अधिवेशन आयोजक कमिटि गठन गर्नुका साथै सवै स्थानिय तहको इन्चार्ज अध्यक्ष र सचिवहरु तोकेको छ । कमिटिमा छनोट भएका सवै सदस्य तथा पादाधिकारीहरुलाई नेकपा एमाले वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

तर माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले भने सरकार आफैले जारी गरेको स्वास्थ्य मापदण्डलाई सरकारकै मन्त्री सहभागी कार्यक्रममा उल्लङ्घन गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले बैशाख १६ गते देखि ९ जिल्लामा निषेधाज्ञा जारी गरेको छ तर सरकारी निर्णय कार्यन्वयन गर्ने थलोका व्यक्ति नै लत्याउदै हिंडेकाले योङ्ग कम्युनिष्ट लिग र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रजिअलाई ज्ञापन पत्र बुझाएको अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रोशन खड्काले बताए ।

कान्तिपथसंग खड्काले भने, ‘विश्व जगत यति बेला कोभिड-१९ को महामारीबाट आक्रन्त छ।तर दोलखा जिल्लाको चरिकोटमा सत्तारूढ दल नेकपा एमालेको नाममा नेपाल सरकारको प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ स्वयं उपस्थित भइ जिल्ला कोभिड -१९ संकट व्यबस्थापन केन्द्रको अभज्ञा गर्दै विषम परिस्थितिको ख्याल् नगरी सयौंको संख्यामा उपस्थित भइ कार्यक्रम गरिएको हुँदा निर्णय कार्यान्वयन गर्ने र गराउने तहबाटै निर्णय उल्लंघन भएको संगठन योङ्ग कम्युनिस्ट लिग (Y.C.L) नेपाल दोलखा र अनेरास्ववियु क्रान्तिकारी दोलखाले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाईएको हो’ । यता नेकपा एमालेका केन्दीय सदस्य एमाले दोलखाको पार्टी इन्चार्ज संचार मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी संगठन विस्तारमा लाग्नका लागि सवैलाई निर्देशन दिएका छन् ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..