कोटेश्वरमा नेता नेपाल र ओली निकटका नेताबीच भेटवार्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ।

आइतबार बिहान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षका नेताहरु माधवकुमार नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेर छलफल गरेका हुन् । छलफलका क्रममा नेता नेपालले आफू निकट नेतासँग छलफल गर्ने प्रतिक्रिया दिएका छन्।

विवादको टुंगो लगाउन प्रधानमन्त्री ओलीले आफू निकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई नेपाल निवास कोटेश्‍वर पठाएका हुन् । कोटेश्‍वर पुगेका उनीहरूले नेता नेपाललाई अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीको विवाद टुंगो लगाउन आग्रह गरेका छन्।

नेकपा (एमाले) ले विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्। file photo

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..