कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

विपक्षी गठबन्धनको बैठक नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमारको निवास कोटेश्वरमा सुरु भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बसेको हो ।

विपक्षी गबन्धनमा आवद्ध दलका नेताहरुले सर्वोच्चको फैसलालाई स्वागत गरेका छन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव र जनमोर्चा आवद्ध छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..