खड्गप्रसादले १ वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ दिँदा महाकाली घटना भयो : सांसद नेपाली

नेपाली काङ्ग्रेसकी सांसद विमला नेपालीले दार्चुलाको ब्यास गाउँपालिकाबाट साउन १४ गते महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् ।

सांसद नेपालीले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नो पहिलो निर्णय नै एक वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् ।

सांसद नेपालीले तीन वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..