ज्ञानेन्द्रलाई भारतमा राजा कै मान्यता !

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। हरिद्वारमा सुरु भएको कुम्भ मेलामा सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्‍याउने खालको भएकाले हामी संवदेनशील हुनुपर्ने बताएका छन्। समारोहमा पूर्वरानी कोमल शाह पनि उपस्थित थिइन्। ज्ञानेन्द्रलाई भारतमा राजा कै हैसियतमा निमंत्रना गरिएको थियो ।

कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले पूर्वराजदम्पतीलाई स्वागत र आशिर्वाद दिएको अवसरमा पूर्वराजा शाहले मन्तव्य व्यक्त गरेका हुन्। सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी हुनेछन्।

लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको विषय जोड दिएको उल्लेख गर्दै ज्ञानेन्द्रले अगाडि भनेका छन्- हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो।’

पूर्वराजा शाहले दिएको पूर्ण वक्तव्य:

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..