ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु

बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए ।

ग१त ६३०३ नंको ट्र्याक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ । मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका छिन् ।

प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..