ट्र्याक्टर दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

accident kantipathnews of nepal

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । आइतबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।

एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना१ त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

आज परेको सोमबारे औँशी यस वर्षको तेस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

मातापिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यसअघि गत साउन ५ र मङ्सिर २९ गते पनि सोमबारे औँसी परेको थियो ।

कालीकोटका ६० वटा वनमा आगलागी
कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।

जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भन्नुभयो, “रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन ।” धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उहाँले भन्नुभयो ।

प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ । सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताउनुभयो । कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ ।

आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिनुभयो । उहाँले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताउनुभयो ।

मनकामना केबुलकार नियमित सञ्चालन
मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।

यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..