त्रिवि र पुर्वान्चलका सबै परिक्षा स्थगित

त्रिभुवन विश्‍वविद्यालय र पुर्वान्चल विश्वविध्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेका छन् । सोमबार विश्वविध्यालयहरुले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। अर्काे सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो।

पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने एक उच्च सरकारी अधिकारीले जानकारी दिए। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..