पेट्रोलको मुल्य १२१ पुग्यो : कर्मचारीलाई ३ अर्ब ४७ करोड बोनस बाँड्ने सुरसार

petrol price

सँधै घाटा देखाउने आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । कर्मचारीलाई बोनस उपलब्ध गराउने नाममा सात वटा आर्थिक वर्षदेखि नेपाल आयल निगममा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा रहेको छ ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ !

चैत २२ गते मूल्य बढाएको थियो । मूल्य बृद्धिसँग अब पेट्रोलको प्रतिलिटर १ सय २१ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ पुगेको छ ।

निगमले बोनस बापत छुट्याएको रकम र आर्थिक वर्षः

आर्थिक 

-२०६५/६६ : १९ करोड ८८ लाख ४६ हजार १ सय ३२
-२०७१/७२ : ९० करोड २५ लाख २८ हजार २ सय ७०
-२०७२/७३ : १ अर्ब २६ करोड १७ लाख ६१ हजार
-२०७३/७४ : ७७ करोड १२ लाख १३ हजार ५१
-२०७४/७५ : ४ करोड ७९ लाख ६३ हजार ८ सय ४५
-२०७५/७६ : ११ करोड ६७ लाख १७ हजार १ सय ७८
-२०७६/७७ : १७ करोड ४२ लाख ६९ हजार १ सय ४१

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..