प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छौँ : भट्टराई

नेकपाा एमालेका सचिव योगेश भट्टराईले सर्बोच्च अदालतबाट प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना हुने बताएका छन् ।

प्लेजुङ सदरमुकाममा आइतबार सञ्चारकर्मीसँगको भेटमा भट्टराईले आफूहरु एकै कार्यकालमा तेस्रो पटक सांसद बन्ने अवस्था रहेको बताए ।

‘पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटक पनि अदालतले सांसद बनाउँदैछ’ उनले भने, ‘विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने देखिन्छ ।’ एउटै कार्यकालमा दुई–दुई पटक संसद् विघटनको घटना विश्वमा विरलै रहेको भन्दै उनले दुई पटक पुनःस्थापना भएर अर्को पनि रेकर्ड कायम हुने संभावना रहेको बताए ।

सर्वोच्चको अबको फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहदैमा प्रतिनिधिसभा विघटन गर्न नसक्ने भट्टराईले दावी गरे । सकेसम्म ५ वर्ष प्रतिनिधिसभा विघटन हुन नदिने मनसायले बनाएको संसद् भएकाले कुनैपनि लोकतान्त्रिक चरित्रको प्रधानमन्त्री वा नेताले विघटन नगर्न अन्तिम प्रयास गर्नुपर्ने उनको भनाइ थियो ।

नेता भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेको एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै पार्टी एकताको पहल भइरहेको बेला एकपक्षीय निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । ओलीको निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको भन्दै उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाई समस्याको समाधान खोज्नुपर्ने बताए ।

पार्टीका २०७५ जेठ २ अघिका सबै कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडि बढाउने भन्ने सुनिश्चित गर्नेगरि कार्यदलले खाका तयार गर्नुपर्ने भट्टराईको भनाइ छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..