फेरी प्रधानमन्त्री भेट्न किन पुगे विप्लव ?

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई, मुद्दा खारेजी लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..