‘फ्लोरक्रस’ नेकपा हुँदाकै अन्तरविरोधको निरन्तरता : शंकर पोखरेल

नेपाल एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदाँ फ्लोरक्रस हुनु नेकपा हुँदाकै अन्तरविरोधको निरन्तरता भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत् फ्लोरक्रसको घटना नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता भएको बताएका हुन् । उनले अनुशासित र गतिशील पार्टी निर्माणमा जुट्न पनि आव्हान गरेका छन् ।

‘नेकपा हुदाँकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना ।’ उनले भनेका छन्, ‘अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं ।’

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..