भोली एमाले केन्द्रिय कमिटीको बैठक बस्दै : यस्ता छन् एजेण्डा

पार्टीभित्र चर्किरहेको द्वन्द्वकाबीच सोमबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। बालुवाटारमा बिहान १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ। जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन पनि बैठकको एजेण्डा बनेको छ। बैठकमा उपनिर्वाचनको तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ।

खासगरी एमालेमा प्रवेश गरेर सांसद पद खारेजीमा परेका रामबहादुर थापा ‘बादल’ को ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। आफ्नो दल त्यागेकाले बादललाई नेकपा माओवादी केन्द्रले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने उनको सांसद पद खारेजीका लागि राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता गरेको थियो।

बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपालखनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्ने छ। ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..