मध्यराती संसद भंग : कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

अन्ततः मध्यराती बसेको मन्त्रिपरिषदको बैठकले संसद भंग गरी मध्यावधी निर्वाचनको घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारीस गरेको छ ।

प्रधानमन्त्री पदका लागि परेको दुबै दावी खारेज भएपछी बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघठनको सिफारिस गर्दै यही कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि चुनावको घोषणा गर्न सिफासि गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दावी गरेअनुसार बहुमत नपुगेको भन्दै विज्ञप्ती जारी गरेपछि सं‌सद् विघटन को सिफारिस गर्न मध्यरातमा बालुबाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो ।

यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गरिदिएको थियो ।

संविधानअनुसार उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन गर्न नसकिने जानकारी विज्ञप्तिमार्फत् दिएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै १४९ जना सांसदहरुको हस्ताक्षर बुझाइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ जनाले आफूलाई समर्थन गर्न पत्र पेश गरेका थिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..