महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा आसपासमा सतर्कता अपनाउन आग्रह

महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ ।

रंघुन–पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

भारतमा आएको ताउ-ते आँधीको प्रभावका कारण नेपालका पश्चिमी क्षेत्रमा पानी परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ । आज चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ ।

सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..