माधव नेपालसहित ४ नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हाे ।

त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..