वामदेवले पनि फुटाउन थाले एमाले : भक्तपुर अध्यक्षमा चन्द्रभक्त श्रेष्ठ

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेतृत्व गरेको नेकपा एमाले एकता राष्ट्रिय अभियानले देशैभर जिल्ला कमिटी गठनलाई तीव्रता दिएको छ । अभियानकै क्रममा भक्तपुरमा पनि चन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ ।

अभियानका भक्तपुर इन्चार्ज गोवर्धन खड्काको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । श्रेष्ठ संयोजक रहेको समितीमा दिपेन्द्र रोकाया,प्रलाद खड्का,भरत श्रेष्ठ,महादिप तिम्सिना,पुरुषेत्तम खड्का,सन्तोष उप्रेती,श्रीराम अधिकारी,नविन प्रकाश श्रेष्ठ सदस्य रहेका छन् ।

नेकपा खारेज भएसँगै एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए पनि एमाले भित्र प्रधानमन्त्री एव्म एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली र वरिष्ठ नेताद्धय माधव नेपाल–झलनाथ खनाल पक्ष दुई भागमा विभक्त बन्दै आएको छ ।नेकपाको अस्तित्व रहँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव–प्रचण्ड पक्ष र ओली पक्ष दुई भागमा रहेको नेकपा सर्वोच्चको निर्णयसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए । संसदको पुनः स्थापनमा लागेका माधव–झलनाथ खनाल पक्ष एमाले ब्यूँतिएपछि ओली विरुद्ध पार्टी भित्रै संघर्ष गर्ने निष्कर्षमा पुगेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..