विष्णु रिजालले कित्ता फेरे !

नेकपा एमालेका युवा नेता विष्णु रिजालले एमाले नेता माधव नेपालको साथ छोडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका नेता रिजाल पछिल्लो समय एमाले एकतावद्ध हुनुपर्नेमा जोड दिंदै आएका छन् । उनि माधव नेपाल प्रधानमन्त्री हुंदा उनको प्रेस सल्लाहकार थिए । नेता रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रिय समिति बैठकमा सहभागी हुन सोमबार बालुवाटार पुगेका हुन्।

नेकपामा हुंदा रिजाल नेता नेपालकै जोडबलमा विदेश विभागको उप-प्रमुख बनाइएका थिए । अर्थमन्त्री विष्णु पौडेलसंग निकट सम्बन्ध रहेका नेता रिजाललाई नेपालको किचेन क्याबिनेटको सदस्यका रुपमा लिईन्थ्यो । उनि नेकपा हुंदा कार्यकारी अध्यक्ष प्रचण्डसंग पनि निकट थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो। त्यसपछि उनि नेपालसंगै थिए । तर, पछिल्लो समय भने उनले प्रधानमन्त्रीको समर्थनमा सार्वजनिक रुपमा बोल्दै आएका थिए । धेरैले त्यतिबेला नै उनले नेपालको साथ छोडेको अर्थमा बुझेका थिए । प्रधानमन्त्री ओलीले बोलाएको आजको बैठकमा रिजाल सहभागी भएपछि उनले कित्ता परिवर्तन गरेको पुष्टि भएको हो ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन्।

शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्याउँदा एमालेकै नेपालपक्षीय सांसदहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई मत दिएपछि सो प्रस्ताव फेल भएको थियो। प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन्।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..