संसद अधिवेशन अन्त्य

संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।

संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ । जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित हो ।

जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा सहमति नजिक पुगेको भनिएका बेला कतिपय निर्णय मन्त्रीपरिषदबाटै गर्नुपर्ने छन् । मन्त्रिपरिषद बैठकपछि बालुवाटारमै एमाले केन्द्रीय समिति बैठक बस्दैछ ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..