समाचार दैनिकका सम्पादक शर्मा पक्राउ गर्न प्रहरी पुग्यो घरमै

policeeee

समाचार लेखेकै आधारमा प्रहरी पत्रकारलाई पक्राउ गर्न उसकै घर पुगेको छ।

बिहीबार उज्यालो नेटवर्क नामक अनलाइनले प्रधानमन्त्री केपी ओली र भारतीय रअ प्रमुख सामन्तकुमार गोयलबीच गोप्य लिखित सम्झौता भएको पत्र सार्वजनिक गरेको थियो।

सो सम्झौताको पत्र सहितको समाचार समाचार दैनिकले पनि साभार गरेको थियो। पत्रकारलाई धरपकड गर्न प्रहरी उसकै घरमा पुगेको छ। समाचार दैनिकका सम्पादक बासुदेव शर्मा बबिनलाई पक्राउ गर्न भक्तपुरस्थित उनकै घरमा हनुमानढोका बाट खटिएको डिएसपी राजकुमार केसीको नेतृत्वमा ६ जना प्रहरी गएका छन्।

शर्मालाई घरमा नभेटेपछि उनको परिवारका सदस्यलाई केसी नेतृत्वको प्रहरीले अविलम्ब आउन र नआए राम्रो नहुने भन्दै चेतावनी दिएका छन्।

यस्तै, समाचार दैनिकको कार्यालयमै पनि २ जना प्रहरी पक्राउ गर्न आएका थिए।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा कानुनी उपचारको अन्य बाटो हुँदाहुँदै सरकारले श्रमजीवी पत्रकार पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।

प्रहरीले उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनलाई पनि त्यसैगरी खानतलासी गरिरहेको छ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..