‘सरकार ! तुइन विस्थापन गरियोस्’

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशैभरिका तुइन विस्थापन गरी पुल निर्माण गर्न माग गरेका छन् । बैठकको विशेष समयमा उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक तुइन विस्थापन भएको भने पनि अहिले पनि दुर्गम जिल्लामा तुइन यथावत् रहेको जनाउँदै जतिसक्दो चाँडो तुइन विस्थापन गरी पुल निर्माण गर्न जोड दिएका हुन् ।

नेपाली कांग्रेसका दिलेन्द्र बडूले भने, “पूर्वप्रधानमन्त्री ओलीले तुइन विस्थापन भयो भन्नुभएको होइन रु तुइन त जहाँको तहीँ छ, अब यो सरकारले तुइन विस्थापन गरी पुल निर्माण गर्नुपर्छ । दार्चुला घटनाबारे राजनीतिक ढाकछोपभन्दा पनि निष्पक्षरुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।”

यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भएको दुर्घटनामा स्थानीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् । नेकपा (एमाले) का डा सूर्यप्रसाद पाठकले दार्चुला घटनाबारे नेपाल सरकारले भारत सरकारसँग वार्ता गर्न नसकेको भन्दै दुःख व्यक्त गर्दै घटनाबारे निष्पक्ष छानबिनको माग गरे।

नेकपा (माओवादी केन्द्र) का सुरेन्द्रकुमार कार्कीले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्न सरकार, राजनीतिक पार्टी र नेतालाई अनुरोध गरे। जनता समाजवादी पार्टीका सांसद रामबाबुकुमार यादवले नागरिकता विधेयक कहाँ पुग्यो भनी प्रश्न गरे।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले आव २०७८÷०८९ ले गरिब, मजदूर किसानलाई समेट्न नसकेको बताए। (एमाले) का विन्दा पाण्डेले दार्चुला जिल्ला घटनाबारे सत्यतथ्य छानबिन गरी यथाशीघ्र संसद्मा जानकारी गराउन माग गरे।

नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे छानबिनको माग गरे। नेकपा (माओवादी केन्द्र) का गजेन्द्रबहादुर महतले राजनीतिक दलका नेताहरु जनताको समस्याभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए।

जनता समाजवादी पार्टीका लिलादेवी सिटौलाले कोरोना खोप वितरणमा असमानता भएकाले समानरुपमा वितरण हुनुपर्छ भने । (एमाले) का शेरबहादुर तामाङले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइप्रति संसद्को ध्यानाकर्षण गराए। उनले सिन्धुपाल्चोक जिल्लामा भएको बाढी पहिरोले पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका प्रमिला राईले ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोपको व्यवस्था गर्न माग गरे। (एमाले) का गङ्गा चौधरी सत्गौवाले राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए। (एमाले) का पवित्रा निरौलाले देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा र बलात्कारका घटना अन्त्यका लागि प्रभावकारी रुपमा काम गर्न सरकारसँग माग गरे।

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट
प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।

प्रदेश तहमै राससको समाचार सम्पादनको तयारी
राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सिद्धराज राईले अब सातै प्रदेशमा राससको समाचार सम्पादन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

आज झापाको भद्रपुरस्थित राससको कार्यालय निरीक्षण गर्ने क्रममा उहाँले उक्त जानकारी दिनुभएको हो । प्रदेशभित्रका समाचार प्रदेशमै सम्पादन हुँदा राससको समाचार अझ प्रभावकारी हुने र प्रदेशस्तरमा कार्यरत राससमा आबद्ध समाचारदातामा उत्साह थपिने उहाँको भनाइ थियो ।

केही प्रदेशमा यसको शुरुआत भइसकेको र अरु प्रदेशमा आवश्यक जनशक्ति र प्राविधिक पूर्वाधारको तयारी भइरहेको उहाँले बताउनुभयो । रासस विश्वसनीय समाचार एजेन्सीका रुपमा स्थापित संस्था भएको हुँदा यसमा आबद्ध सञ्चारकर्मीले समयानुकूल प्रतिष्पर्धामा आफूलाई सक्षम तुल्याउनुपर्ने उहाँको धारणा थियो ।

महाप्रबन्धक राई र सञ्चालक समितिका सदस्य माधव विद्रोहीले भद्रपुरस्थित रासस कार्यालय र काँकडभिट्टास्थित संस्थाको घरजग्गाको निरीक्षण गर्नुभयो । उहाँहरुले रासस कार्यालयको अवस्था, स्थानीय समाचारदाताहरुको समस्या र नागरिक समुदायबाट आइरहेका सुझावका बारेमा जानकारी लिनुभएको थियो ।

सञ्चालक समितिका सदस्य माधव विद्रोहीले मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टामा एशियन राजमार्गले छोएको राससको घरजग्गालाई संस्थाको आर्थिक आयस्रोत वृद्धिका लागि उपयोग गर्नुपर्ने विषयमा महाप्रबन्धक राईको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले तत्कालीन मेची अञ्चल हेर्ने गरी स्थापना गरिएको भद्रपुरको कार्यालय भवन पुरानो भएकाले मर्मत सम्भार गर्नुपर्ने बताउनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..