सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृत्यु

कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो ।

वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..