सेमेस्टर प्रणालीको विरोधमा लुम्बिनी बाणिज्य क्याम्पस तोडफोड

रुपन्देहीमा सेमेस्टर प्रणालीको विरोधमा सत्तारूढ दल निकटका विद्यार्थी संगठनका कार्यकर्ताले लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन्।

नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ पार्टी निकट बिद्यार्थी संगठनहरुको अगुवाइमा गरिएको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ।

आन्दोलनरत बिद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा,प्रशासन शाखामा तालाबन्दी गरेका थिए।

उनीहरुले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन नहुने र सेमेस्टर प्रणाली खारेजीको माग गरेका थिए।

क्याम्पस संचालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्व विद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि बिद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ।

विद्यार्थी संगठनका कार्यकर्ताहरुले लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्चि तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरु समेत छरपस्ट पारेर भागेको त्यहाँका कर्मचारीले जानकारी दिए।

यसअघि साउनको ८ गते नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियुबाहेक चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए।

विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयां थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दबाब दिँदै आन्दोलन गर्दै आएका थिए।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..