सोलुखुम्बुमा तपाईको मास्क खै ? अभियान सुरु

कोरोना महामारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालय सोलुखुम्बुले तपाईंको मास्क खै ? अभियान सुरु गरेको छ । हिजो देखि सुरु भएको अभियानलाई सफल गराउन जिल्ला प्रहरी प्रमुख, डिएसपी कवित कटवाल आफैं फिल्डमा खटिएका छन् । अभियान अन्तर्गत कोरोनाको दोश्रो लहर र नयाँ भेरियन्टबाट बच्न जनचेतना मुलक माईकिङ्ग र मास्क वितरण गरिएको छ । आम सर्वसाधारणलाई कोरोनाको असर र बच्ने उपायका बारेमा सचेत गराईएको छ । डिएसपी कटवालका अनुसार जिल्ला सदरमुकाम लगायत आठ वटै स्थानीय तहमा अभियान संचालन गरिएको छ ।

यो अभियानलाई वडास्तर सम्म विस्तार गरिने र सिसिएमसी र मन्त्रिपरिषदबाट भएका निर्णय कडाईका साथ् लागु गरिने कटवालले बताए । सोलुखुम्बु भित्रिने हरेक नाकामा कडाई गरिएको र सजगता अपनाईएको छ । कोरोना नियन्त्रण प्रत्यक नागरिकको दायित्व भएको हुँदा सबै आआफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने कटवालले बताए । सबैले स्वास्थ्य मापदण्ड प्रयोग गर्नु पर्ने र जिल्ला प्रहरी कार्यालय मातहतका ३९ युनिटले त्यसलाई फ्रन्टलाईनमा बसेर कार्यन्वयन गर्नेछन् । स्वास्थ्य प्रोटोकल फलो नगर्नेलाई कारबाहीको दायरामा ल्याईने कटवालले बताए ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..