हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात, एक स्वास्थ्यकर्मी घाइते

मकवानपुरको हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । गएराति हेटौंडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले जनाएको छ ।

बुधबार राति दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारका लागि कारमा आएका ती घाइते व्यक्तिलाई अस्पतालको इमर्जेन्सी कक्षसम्म पु¥याउन स्टेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेको बुझिएको छ ।

कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ ।

उनले सीसीटीभी फुटेज र आवश्यक प्रमाणहरुसहित बिहीबार प्रहरीसमक्ष लिखित उजुरी दिएर कारवाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..