१० दिन निषेधाज्ञा थप : अत्यावश्यक सवारीलाई प्रवेश दिइने

काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो । तर यसअघि जारी प्रावधानमा फेरबदल भएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर छाटाे दुरीका सार्वजनिक सवारीसाधन चल्नेछन् भने अन्य ताेकिएका क्रियाकलाप पनि सञ्चालन हुनेछन् ।

साउन १ गतेदेखि लागू हुने मापदण्डअनुसार अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार जारी आदेशमा उल्लेख छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..