सुध्रिएर आए ओलीलाई ‘स्पेस’ दिन सकिन्छ : माधव नेपाल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी कार्यका कारण संविधान सभाबाट जारी संविधान संकटमा परेको बताएका छन्। बिहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा आफ्नो धारणा राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको देउवाले बताए।

सभापति देउवाले प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण कार्यहरु भइरहेको पनि बताए। ओलीकै कारण राष्ट्रियता र लोकतन्त्र पनि खतरामा परेको देउवाको भनाइ छ। सभापति देउवाले परिस्थिति संवेदनशील बनेकाले नागरिक समाजदेखि सञ्चार क्षेत्र (प्रेस)लगायत सबैसँग सहकार्य गर्न अपरिहार्य देखिएको बताए। ‘परिस्थिति संवेदनशील बनेपछि राजनीतिक दलले नागरिकदेखि प्रेसलगायत सबैसँग बृहत सहकार्य गर्न अपरिहार्य ठानेर यो छलफल गरिएको हो,’ बिहीबार विपक्षी गठवन्धनको पत्रकार सम्मेलनमा देउवाले भने।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका शंकास्पद देखिएको बतँएका छन्। १४९ जना सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि प्रस्ताव गर्दा पनि राष्ट्रपतिले ओलीलाई नै साथ दिएको यादवले बताए।

‘राष्ट्रपतिले गरेको आह्वान अनुसार हामीले शेरबहादुर देउवालाई समर्थन गर्दै १४९ को हस्ताक्षर राष्ट्रपतिलाई बुझायौं,’ बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा बोल्दै यादवले भने, ‘तर किन त्यही अनुसार प्रधानमन्त्री नियकुत् गरिएकन? यसैले यहाँ राष्ट्रपतिको भूमिका शंकास्पद छ। कि त ओलीबाहेक अरुलाई प्रधानमन्त्री नियुक्ति गर्दिन भन्नुपर्‍यो।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई ‘राइटिस्ट कोर्स’ मा लैजान लागेको बताएका छन्। बिहीबार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले आफूहरु ‘कोर्स करेक्सन’ लागेको बताए।

‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ । उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।

‘देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालको भनाइ छ । उनले ओलीले गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..