annapurna add

Minstry Of Finance

अर्थमन्त्रालय अन्तर्गतका राजस्व समूहका १४ उपसचिवको समायोजन संशोधन भएको छ । ती उपसचिवको समायोजन प्रदेशमा भए उनीहरुले केही दिनअघि संशोधन गराएका छन् । मन्त्रिपरिषदले उपसचिवको सरुवा संशोधन गर्ने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रस्तावमा गरेको छ । समायोजन संशोधन भइसकेपछि उपसचिवहरुले भन्सार कार्यालयको प्रमुखमा सरुवा हुनका लागि दबाब दिन थालेका छन् । 

२०७५ फागुनमा प्रदेशमा समायोजन भएर खटाएको प्रदेशमा नगएका राजस्व समूहका उपसचिवहरूमा किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, धु्रवप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे छन् । राजेन्द्र चुडाल झापाका हुन्, केपी ओलीलाई नै प्रभावमा पार्नसक्ने भन्दै सरुवा भएको कार्यालयमा नगई भन्सार विभागमा कार्यरत छन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार