सुदूरपश्चिममा एमालेका २५ मध्ये १७ सांसद भिम रावलको पक्षमा

Bhim Rawal

Bhim Rawal

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ । सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो ।

एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ । सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको छ । मङ्गलवार कमिटी बिस्तार गर्ने निर्णय गर्दै बैठक सकिने बैठकमा सहभागी एक नेताले बताए ।

नेकपा एकताअघि एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर साबिक नेकपामै हुँदा लेखराज भट्टलाई सो जिम्मेवारी दिइएको थियो । एमलो ब्युँतिएपछि भट्ट नै इन्चार्ज कायम छन् ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् । बैठकमा सुदूरपश्चिम प्रदेश सभाका २५ जना मध्ये १६ जना प्रदेश सभा सदस्यहरू उपस्थित रहेका थिए । माधव समूहका तारा लामा तामाङ बाहेक सबै सांसदहरू उपस्थित रहेको प्रदेश कमिटी सदस्य दिनेश चन्द्र सुबेदीले जानकारी दिए । तामाङ्ग सहित रावलको पक्षमा १७ सांसद हुनेछन ।

तामाङले जिल्ला बाहिर रहेकोले नआएको र आउन नसकेको विषयमा जानकारी गराएको समेत उनले बताए । बैठकमा एमालेका सांसद लीलाधर भट्ट, रतन थापा, नेपालु चौधरी, गेल्बुसिंह बोहरा,माया तामाङ बोहरा र पठानसिंह बोहरा उपस्थित थिएनन् ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..