१७ वर्षदेखि साङ्लोमा लीलाप्रसाद

सुरुङ्गा (झापा) । हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरुलाई सहारा दिउन् । तर, झापा राजगढ–८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको छ । 

laliprsad

विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मरेका छैंन, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेको छ । १९ वर्षीय छोरालाई १७ वर्षदेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहेकी जानुका भन्छिन – “बुढेसकालको सहारा त गुम्यो– गुम्या,े मेरो शेषपछि उसलाई कसले हेरिदेला ?” 

बाल्यावस्थादेखि नै सुस्तमनःस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इसारा भने बुझ्छन् । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नफर्कने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताइन । 

आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भएको जानुका बताउछिन – “छोरो निको होस् भन्ने चाहना कुन आमालाई हुँदैन, तर के गर्नु छोराको उपचार गराउने पैसा छैन् ।” छाक टार्नसमेत धौधौ हुन्छ, मजदुरी गर्न नगई हुँदैन त्यस्तो अवस्थामा उसलाई साङ्गाले बाँधेर जान्छु जानुकाले भनिन। 

आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि जानुकाले दातासमक्ष सहयोगको आशा गरेकी छिन । उनले भनिन– “एकपटक राम्रो डाक्टरलाई देखाउन पाए छोरो निको हुन्थ्यो कि भन्ने मनमा लागेको छ ।” 

“जता हिँड्यो उतै हराउँछ, कतै गयो भने पानीमा डुब्ला, गाडीले किच्ला, कसैले कुटिदेला भनेर हामीले उसलाई साङ्लाले बाँधेका हौँ”, जानुकाले भन्नुभयो– “माया भए पनि छोरो बचाउन अर्काे विकल्प नदेखेर उसलाई बाँधेका हौँ ।”

Kantipath Media

यो छुट्टाउनु भो कि..