प्रहरी दमनमा १८ जना मारिएपछि म्यान्मारमा चर्कियो प्रदर्शन

ba56222b f026 4ce6 990f f7ea898e0ce8

ba56222b f026 4ce6 990f f7ea898e0ce8

म्यान्मारमा प्रहरीको गोली लागि १८ जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शन झन् चर्किएको छ । प्रहरीले प्रदर्शनकारीमाथि आइतबार गोली चलाउँदा १८ जनाको मृत्यु तथा कयौँ घाइते भएको विवरणहरू बाहिरिएसँगै प्रदर्शनकारी झन् आक्रोशित भएका छन् ।

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा जारी प्रदर्शनमा ब्यापक दमन भएपछि आन्दोलन झन चर्किन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आङ सान सू ची लगायतका नेताहरूलाई अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएपछि त्यसको विश्वव्यापीरूपमा निन्दा हुँदै आएको छ । अन्तर्राष्ट्रिय शक्ति र जनदबाब बढे पनि म्यान्मारको सेनाले अझै सत्ता हस्तान्तरण गरेको छैन ।

सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले आन्दोलनकारीलाई लखेटेका दृश्यहरू देखिएका छन् । सुरक्षाकर्मीले गरेको दमनपछि कतिपय मानिसहरू रग्ताम्य देखिएका छन् । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गर्दै अहिलेसम्मकै ‘घातक घटना’ भएको टिप्पणी गरेको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..