यी हुन् घुस फिर्ता गरेवापत् पुरस्कृत हुने १८ ट्राफिक प्रहरीहरू (नामसहित)

18 traffic policemen to be awarded

घुस फिर्ता गर्ने  १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

18 traffic policemen to be awardedउनीहरुले घूस फिर्ता गरेवापत् सम्मान पाएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले प्रहरी सहायक निरीक्षक देखि जवानसम्मलाई सम्मान गरेको हो ।

सम्मानित प्रहरीहरुलाई घुस दिई कारबाहीबाट उम्कन खोज्नेहरुको घूस फिर्ता गरी नियन्त्रणमा लिएकाले कदर स्वरुप सम्मानित गरिएको हो ।

सम्मान पाउनेहरुमा असई देवीराम भण्डारी र रामेश्वर उप्रेती, हवल्दार शंकर वन सन्यासी, प्रहरी जवानहरु भुवन भण्डारी, केदारप्रसाद भण्डारी, नैनसिंह राना, बिनोद गोतामे, रविन घिमिरे, धनन्जय सिंह रावत, मिनाकुमारी आचार्य, निरज थापा, केशव बिष्ट, रमेश सिंह बुढाल, भानुभक्त ढकाल, राकेश कुमार साह, शान्ता श्रेष्ठ, ईश्वर पछाई र सन्दिप कुमार यादव छन् ।

यसैगरी, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विशेष क्यामेरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन शुरु गरेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..