अहिलेसम्म २३ देशले दिए संबिधान दिवसको शुभकामना

नेपालको संविधान दिवसको अवसरमा विदेशी राष्ट्राध्यक्ष र सरकारप्रमुखहरुले शुभकामना व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले शुभकामना दिएका हुन् । रुसी महासङ्घका राष्ट्रपति पुटिनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक शुभकामना सन्देश पठाउँदै रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताएका छन् । त्यसक्रममा उनले विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

यसै अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन् । संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..