आठ सिडिओसहित गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा : को कहाँ ? (सूचीसहित)

notice saruwa

notice saruwa

गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् । सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअ सहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् ।

सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ ।

 notice saruwa 2

 

Kantipath Media

यो छुट्टाउनु भो कि..