२ बालक बसको ठक्करबाट मारेकाे १३ लाख दिने सहमतिपछि राजमार्ग सुचारु !

rajmargeकैलालीमा बसको ठक्करबाट ज्यान गुमाएका २ बालकका परिवारलाई १३ लाख क्षतीपूर्ति दिने सहमति भएपछि पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ ।

शुक्रवार दुवै पक्षबीच वार्ता गर्दै विवाद टुङ्ग्याउने सहमतिमा राजमार्ग सुचारु गरिएको थियो ।

तर, पीडित पक्षले माग संम्वोधनमा बेवास्ता गरेको भन्दै शनिवार फेरी राजमार्ग अवरुद्ध पारेका थिए ।

याे पनि पढ्नुहाेस् : बसको ठक्करबाट दुई बालक मृत्यु प्रकरण: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बसले ठक्कर दिदा २ बच्चाको ज्यान गए पछि पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बौनिया खण्डमा पुनः पुनः अवरुद्ध पारिएको छ । अवरुद्ध पारिएको राजमार्ग खुलाउन प्रहरीले महिला माथि लाठी चार्ज समेत गरेको बताइएको छ ।
आफुहरुको माग प्रति वेवास्ता गरिएको भन्दै मृतकका आफन्तहरु सहित स्थानीयहरुले शनिबार १२ बजे देखि राजमार्ग पुनः अवरुद्ध गराएका छन् । राजमार्गमा कुनै पनि सवारी साधन चल्न दिइएको छैन । मृतकका परिवारजनले घटनाको विरोध गर्दै शुक्रबार करिब ७ घण्टा राजमार्ग ठप्प पारेका थिए ।

यातायात व्यवसायी, मृतकका परिवारजन र प्रशासन बीच शुक्रबार २ पटक छलफलमा बसे पनि बिना निष्कर्ष टुंगिएको थियो । शनिबार पनि बसेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएको मृतकका आफन्त इन्द्र चौधरीले जानकारी दिनुभयो ।

बिहिबार साँझ महेन्द्रनगर बाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको यात्रु बाहक बसले बर्दगोरिया गाउँपालिका–१ साझा चोकमा साइकलमा सवार घोडाघोडी नगरपालिका ८ दिपनगरका १२ बर्षिय लक्ष्मण चौधरी र बर्दगोरिया गाउँपालिका–१ मुडाका ८ बर्षीय अंशु चौधरीलाई ठक्कर दिएको हो ।

बसले ठक्कर दिएका बर्दगोरीया गाउँपालिका १ का ८ वर्षको अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका ८ का १२ वर्षका लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पीडित परिवार शनिबार झन आक्रोशित भई प्रदर्शन समेत थालेका छन् । तर प्रहरीले न्यायको लागि आवाज उठाउदा दमन गर्न खोजेको आफन्तजनले बताएका छन् । मृतकका आफन्तहरुले १५ लाख क्षतिपूर्ति र दोषीलाई हदै सम्मको कारवाहीको माग गरेको छन। दमन गर्न खोजे आन्दोलन चर्काउने र शव कुनै हालतमा नबुझ्ने चेतावनी दिदै आएका छन ।

ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ भने शव लाई टीकापुर अस्पतालमा राखिएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..