३ प्रस्ताव पारित गर्न एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अहिले बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बस्ने भएको हो।

विधान महाधिवेशनको राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफलका लागि आज सुरु गर्न लागिएको केन्द्रीय कमिटीको बैठक भोलि शनिबारसम्म जारी रहने कार्यालय सचिव तामाङले जानकारी दिए। भाेलि पनि बैठक ११ बजे नै सुरु गरिने उनले बताए। एमालेको विधान महाधिवेशन यही असोज १५, १६ र १७ गते हुँदै छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..