लकडाउनका कारण ३० जना सुत्केरीको मृत्यु

काठमाडौं । नेपालका कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ३० जना गर्भवती र सुत्केरीहरू मृत्यु भएको छ ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार लकडाउन अवधिमा ३० जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ ।
‘लकडाउन सुरू भएयता देशभर ३० जना सुत्केरीको मृत्यु भएको तथ्यांक छ,’ विभागको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलले तथ्यांकबारे जानकारी दिँदै भनिन ‘सामान्य अवस्थामा भन्दा यो करिब २०० प्रतिशत बढी हो।

पछिल्लो केही वर्षयता वर्षमा सरदर ८० जना सुत्केरीको मृत्यु हुने तथ्यांक छ। व्यथा लागेका महिलालाई हेलिकप्टर चार्टर गरेर प्रसूति गराउन सेवा दिने साथै भौगोलिकक्षेत्र अनुसार भत्ता समेत दिइन थालेपछि मातृ मृत्युदर कम भएको उनको भनाइ छ।

सुत्केरी भएदेखि ४२ दिनभित्रको मृत्युलाई मातृ मृत्युमा गनिन्छ। दुर्गम भेगमा अस्पतालको पहुँच, सुरक्षित प्रसूति स्वास्थ्य सेवा आदि नहुँदा मृत्यु हुने अवस्था छँदैछ। सुत्केरी भइसकेपछि पनि आमाहरूको स्वास्थ्य जोखिममै देखिन्छ।

लकडाउनका कारण झन् सुत्केरी गराउन अस्पताल आउनेकै संख्यामै कमी आएको पुण्या बताउँछिन्। ‘अवस्था सामान्य हुँदा सुत्केरी हुने दिन नजिक आएपछि अस्पताल लैजान सजिलो होस् भनेर आफन्त वा अस्पताल नजिक जान्थे,’ उनी लकडाउनपछि सुत्केरीहरूको अवस्था खुलाउँदै भन्छिन्, ‘महामारीले त्यो बाटो बन्द गरिदिएको छ।

यस्ता कारण संस्थागत सुत्केरी गराउने संख्या देशैभर एक तिहाइ घटेको छ। स्थान हेरेर २० देखि ५० प्रतिशतसम्म कम भएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..