३७ सांसदको हस्ताक्षर सहित राईविरुद्ध पेश भयो अबिश्वासको प्रस्ताव

f48b0eec04e66d91374ac3a61

f48b0eec04e66d91374ac3a61

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ। मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

प्रचण्ड–नेपाल समूहले भने केही सांसद हस्ताक्षरका बेला छुटेको भन्दै आफूहरु बहुमतमा रहेको दावी गर्दै आएको छ। प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..