थ्रिडिभीएल क्रियसनद्वारा दश परिवारलाई खाद्यान्न सहयोग

थ्रिडिभीएल क्रियसनले आपतकालीन मेरो हजार अन्तर्गत आज दश बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

“कोरोना सबैतिर बढेको छ । कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएपछि नागरिक घरभित्रै सीमित भएका छन् । यहि अवस्थामा अप्ठ्यारो परेका बेसहारा र अस्पताल सम्म नपुग्न सक्ने र अस्पताल र क्वारेन्टाइनमा बसेका खाना नपाएका अक्सिजन ग्यास किन्न नसक्ने लगायत विभिन्न समस्याबाट बास्तबिक पीडितका लागी खर्च गरिने भनी युवाले आपतकालीन मेरो हजार अभियान सुरु गरिरहेका छन ।

गौरीगंगा नगरपालिका वडा नम्बर -६ मोया स्थित बनभेडामा एकल महिला तथा बिपन्न दश घरपरिवारलाई खाद्यान्न सहयोग गरेको संस्थाका सचिव एल आर ओझाले जानकारि दिए ।

थ्रिडिभीएलले कोरोनाको समयमा समस्यामा परेका बेसहारा, अस्पताल सम्म पुग्न नसक्ने, अस्पताल र क्वारेन्टाइनमा बसेका खाना नपाएका, अक्सिजन ग्यास किन्न नसक्ने लगायत विभिन्न समस्याबाट बास्तबिक पीडितका लागी खर्च गरिने आपतकालीन मेरो हजार अभियान सुरु गरेको छ ।

यो समयमा थुप्रै समस्यामा परेका छन्, उनीहरुलाई थोरै भए पनि मलमपट्टी लगाउने प्रयास गरिरहेको ओझाले बताए ।

आपतकालीन मेरो हजार अभियान अन्तर्गत बिभिन्न समस्यामा परेका र कोरोना संक्रमित एक जनाको भएपनि ज्यान जोगाउने उद्देश्यले लागेको संस्थाका सचिव ओझाले बताए ।

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..