annapurna add

बझाङमा ४ वर्षीया बालिकामाथि यौनदुराचार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिकाका एक किशोरविरुद्ध उजुरी दर्ता भएको छ ।

खप्तडछान्ना गाउँपालिका- ६ का १५ वर्षीय एक किशोरले गोठालो गएकी बालिकालाई ललाईफकाई बालिकाको संवेदनशील अंग छोएको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

२ कात्तिक बेलुका ४ बजे घट्टेबगर भन्ने ठाउँमा गोठालो गएको आकाशे सिँचाइ खानेपानी आयोजनाको ट्यांकीभित्र लगेर बालिकाको संवेदनशील अंग छोएको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ ।

बेलुकी ४ बजेसम्म पनि बालिका घर नफर्किएपछि बालिकाकी दिदी नाता पर्नेले घट्टेबगरमा खोज्दा नभेटिएपछि किशोरलाई बोलाउँदा ट्यांकीबाट निस्किएको र बालिकाको बारेमा उनलाई सोध्दा थाहा नभएको बताएका थिए ।

किशोरले थाहा छैन भन्ने जवाफ दिएपछि बालिकाकी दिदीले आशंका गरी ट्यांकीभित्र हेर्दा बालिकालाई नग्न अवस्थामा रोइरहेको फेला पारेको पीडित बालिकाको परिवारले जनाएको छ ।

बाल यौनदुराचार गरेको भन्दै ती किशोरलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको बझाङका प्रहरी प्रमुख तथा डिएसपी रूपक खड्काले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...