पाँच केजी चरेशसहित दुई पक्राउ

Giraftaar kantipath

वीरगन्ज : प्रहरीले वीरगन्जबाट चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको सितलपुर घरभई हाल वीरगन्ज २ छप्कैयामा डेरा गरी बस्ने ३२ वर्षीया मिना खातुन रहेका छन्।

वीरगन्जको घण्टाघरबाट भारतको रक्सौलतर्फ बिआर २२ एल ८२५५ नम्बरको भारतीय मोटरसाइकलमा चढेर जाँदै गरेको अवस्थामा आलम र खातुनलाई प्रहरीले पाँच केजी चरेशसहित पक्राउ गरेको हो।

प्रहरी चौकी इनर्वा र लागुऔषध व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा चरेशसहित दुवैजनालाई पक्राउ गरेको हो।

मोटरसाइकल र चरेशसहित पक्राउ परेका आलम र खातुनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

यो पनि पड्नुहोस्

गुल्मी । पानी ट्यांकीमा डुबेर गुल्मीमा १ जनाको ज्यान गएको छ । दरबार गाउँपालिका–७, ठूलीचौर निवासी ३५ वर्षीया मीना थापाको ट्यांकीमा डुबेर ज्यान गएको हो ।

सोमबार बिहान घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी प्रहरीले गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..