annapurna add

Rugam Kunwar.jpg1602835963

दुई वर्षअघि भक्तपुरमा भएको इन्काउन्टर घटनाले पाँच प्रहरीको जागिर धरापमा परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले डिएसपीसहित पाँच प्रहरीलाई मुद्दा चलाउन सिफारिस गरेको छ । डिएसपी रुगम बहादुर कुँवर, सइहरु दीपेन्द्र चन्द, प्रसन्न मल्ल(हाल जागिर छाडेका) र रञ्जित लामा(हाल इन्सपेक्टर) तथा असई राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो । आयोगले शुक्रबार प्रेस बिज्ञप्तीमार्फत यससम्बन्धि जानकारी गराएका थिए ।

बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अजय तामाङ र गोपाल तामाङको २०७५ सालको साउन २० गते इन्काउन्टर भएको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरेर गोली हानेको आयोगको दाबी छ ।

घटनालगत्तै मृतकका परिवारले आयोगमा उजुरी दिएका थिए । आयोगले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा विवादास्पद इन्काउन्टर छानबिन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले दोषी प्रहरीमाथि मुद्दा चलाउने निर्णय गरेको हो । त्यसबेला अपराध महाशाखा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहको नेतृत्वमा थियो।

हत्यामा संलग्न पेन्टर तामाङद्वयका हातमा पेस्तोल राखेर तस्बिर सार्वजनिक गरिएको थियो र त्यसै आधारमा ‘इन्काउन्टर’ भनिएको थियो। तामाङद्वयको ‘फेक इन्काउन्टर’मा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति निकालेर ‘दोहोरो मुठभेड’ भएको र प्रहरीले गोली चलाउँदा ‘इन्काउन्टर’ भएको दाबी गरेको थियो।

‘इन्काउन्टर’मा मारिएका तामाङद्वयका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा घटनाबारे अनुसन्धान गर्न निवेदन दिएका थिए। सो घटनामा प्रहरीले भने अनुसन्धानमा समिति गठन गरेन। ‘फेक इन्काउन्टर’ घटनामा गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने भनेका थिए। तर, छानबिन समिति नै बनेन। ‘इन्काउन्टर’मा संलग्न को थिए र के कति कारणले ‘इन्काउन्टर’ भयो रहस्यमै छ।

nhrc

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...