इजलासमा गोविन्द बन्दीका ५ प्रश्न

संसद् विघटनको मुद्दामा आजबाट बहस सुरु भएको छ। शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १४६ सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन्। बहसका क्रममा बन्दीले इजलासले ५ वटा प्रश्नको जवाफ दिनुपर्ने बताए।

अधिवक्ता बन्दीले इजलाससँग सोधेका छन्–

१. राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आएको दाबी इन्कार गर्न मिल्छ कि मिल्दैन ?

२. ७६ (३) को प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि फेरि ५ अनुसार प्रत्याशी बन्ने र दाबी गर्ने अधिकार राख्छ कि राख्दैन ?

३. ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा राजनीतिक दलको ह्विप लाग्छ कि लाग्दैन ?

४. राजनीतिक दलसम्बन्धी ऐन यसमा आकर्षित हुन्छ कि हुँदैन ?

५. ७६(३) अनुसार बनेको र त्योभन्दा पहिले नै विश्वास गुमाएको प्रधानमन्त्रीले विघटन गर्न सक्छ कि सक्दैन ?

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..