ओलीको पक्षमा बोल्ने वकिलको समय डेढ घण्टा बाँकी : साँढे सात घण्टामा फैसला आउने !

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ । बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका छन् ।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ। त्यसपछि सर्वाेच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय दिइनेछ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। जसविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि गत बुधबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..