रामेछापमा शक्तिशाली सिलिन्डर बम विष्फोट

Bomb blastkatipathnews

पुष्कर खड्का : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीको वडा कार्यालयमा आज राति अज्ञात समुहले शक्तिशाली सिलिन्डर बम विस्फोट गरेको छ ।

आज बिहान २ बजे सिलिन्टर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको छ भने कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको छ ।

भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीकाले बम विस्फोट भएर कार्यालयमा ठूलो क्षति भएको जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अज्ञात समुहको खोजी कार्य अगाडि बढाइएको छ ।

जिल्ला प्राविधिक कार्यालयले करिब ८ बर्ष अघि सभा हल सहित ४ कोठे पक्की भवन निर्माण गरेको थियो । सोही भवनमा नै हाल वडा कार्यालय रहेको थियो । थप विवरण आउन बाकि

Kantipath Media

यो छुट्टाउनु भो कि..