थानकोटमा एक महिला मृत फेला

die

चन्द्रागिरि नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४४–४५ वर्ष उमेरकी महिला सरस्वती मन्द्रिरवाट २०० मिटर नजिक मृत अवस्थामा भेटिएकी हुन् । उनको हुलिया र नाम भने खुलिनसकेको थानकोट प्रहरीले जनाएको छ ।

थानकोट जगतटारमा सडकको किनारामा उनी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटना स्थलमा पिपिई सहित प्रहरी प्रहरीले मृतकलाई पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

मृतकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..