बसले मोटरसाइललाई ठक्कर दिँदा ४ जनाको मृत्यु, २२ घाइते

विराटनगर । मोरङको कानेपोखरीमा बुधबार राति भएको अलग अलग सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

Accident

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कांकडभिट्टाबाट बुटवलतर्फ आउंदै गरेको बसले मोटरसाइललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । मृत्यु हुनेमा मोरटसाइकलमा सवार लेटाङका देवेन्द्र लिम्वु र तिलक लिम्वु छन् ।

त्यस्तै वसमा सवार रुपन्देही संखरनगरका पुरुषोतम सुवेदी र टिका सुवेदी रहेको प्रहरीले जनाएको छ । घाइतेको झापाको दमक र विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ पथरी कानेपोखरी सडकखण्डमै गएराति भएको अर्को दुर्घटना पनि एक जनाको मृत्यु भएको छ । बा ४० प १२९ नम्बरको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो । घाइते एक जनाको भने मोरङ पथरीमा उपचार भइरहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..