शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

अछाममा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्।

शनिबार वनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ।

उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..