संवैधानिक इजलासमा आज मैझारो बहस, फैसला एक हप्तापछि

supreme court ijalas

संसद विघटन विरुद्ध परेका १३ वटा रिटहरुको बहस आज (शुक्रबार) सकिँदै छ ।

supreme court ijalasशुक्रबार सर्वाेच्च बारको तर्फबाट एमिकस क्युरीमा रहेकी गीता पाठकले बहस गरेपछि संसद विघटन विरुद्ध परेका मुद्दाको बसह सकिने छ ।

गत पुष ५ गते संसद विघटन भएको घोषणामा मुद्दा परेपछि संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषय केन्द्रित बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने पछिल्लो सोमबारदेखि एमिकस क्युरीले बसह गर्दै आएका छन् ।

यसअघि सर्वाेच्च बारबाट एमिकस क्युरीका रुपमा गएका बद्रीबहादर कार्की र सतिशकृष्ण खरेल र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरिसकेका छन् ।

आज पाठकले बहस गरेसँगै संसद विघटन मुद्दाको बहस सकिने छ । संसद विघटन सदर हुने वा बदर हुने फैसलाका लागि भने एक हप्ता कुर्नु पर्ने छ । फैसला अर्काे हप्ता मात्रै सुनाउने तयारी गरिएको सर्वाेच्च श्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि सर्वोच्चमा त्यसविरुद्ध १३ वटा रिट परेका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..